Logo १८ असार २०८३, बिहिबार | Fri Jul 3 2026


भलिबल खेलाडीहरुले अबबाट मासिक पारिश्रमीक पाउने


3k
Shares

काठमाडौं । भलिबल खेलाडीहरुले अबबाट मासिक पारिश्रमीक पाउने भएका छन् ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल भलिबल संघले १२ जना पुरुष र १२ जना महिला भलिबल खेलाडीलाई मासिक ५/५ हजारका दरले पारिश्रमीक दिने घोषणा गरिएको हो ।

अमेरिकामा सहयोगी दाताहरु खोजि नेपाल भलिबल संघको खातामा सेप्टेम्बर, अक्टोबर र नोभेम्मबरमा पारिश्रमीक पठाएको जानकारी गराएको हो । नेपाली भलिबल खेलाडीले पहिलो पटक मासिक पारिश्रमीक पाएका हुन् । अमेरिकामा रहेका पूर्वराष्ट्रिय खेलाडी राम श्रेष्ठको नेतृत्वमा पूर्वराष्ट्रिय खेलाडी र विजनेश इन्टरप्रेनियरको सहयोगमा मासिक पारिश्रमीकको व्यवस्था गरिएको हो ।

अहिले नेपाली भलिबल टोली चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीमा छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को पहलमा नेपाली महिला टोली पहिलो पटक एशियाली खेलकुदमा सहभागिता जानाउन लागेको हो । खेलाडीलाई मासिक तलव दिने भलिबल संघ चौथो हो । फुटबल र क्रिकेट खेलाडीले मासिक तलव पाइरहेका छन् ।

यसैगरी बुद्धीचालका पुरुष तथा महिलातर्फ शीर्ष वरियताका खेलाडीले पनि मासिक तलव पाउने गरेका छन् । पत्रकार सम्मेलनमा बौल्दै भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले क्रिकेट खेलाडी, फुटबल खेलाडीले मासिक तलव पाउने भलिबल खेलाडीले अहिलेसम्म किन पाएनन् भन्ने सञ्चारकर्मीहरुको प्रश्नपछि आफूहरुले पहल गरेर आज पारीश्रमीक थोरै भएपनि दिन सफल भएको बताउनुभयो । उहाँलै एशियन गेम्सको लागि केही पकेट खर्च दिने योजना रहेको बताउनुभयो ।

नेपाल भलिबल संघले अहिलेको आफ्नो कार्यकालभर विभिन्न सहयोगीहरुसँग सहयोग मागेर भएपनि राष्ट्रिय खेलाडीलाई मासिक पारिश्रमीक दिने घोषणा गरेको छ ।