
नवलपरासी । नवलपरासीको बर्दघाट–७ नेहा अक्वा इण्डष्ट्रिजले उत्पादन गर्दै आएको ‘नेहा अक्वा’ नामक मिनरल वाटरमा स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया भेटिएको छ ।
बजारमा पठाइएको पानीमा अखाद्य वस्तु भेटिएपछि नगरपालिकाको टोलीले अनुगमन गरेर पानी परीक्षणका लागि पठाएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रक कार्यालयमा परीक्षणका लागि पठाइएको पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिएको रिपोर्ट आएको नगरपालिकाका सूचना अधिकारी पुष्कर काफ्लेले बताउनुभयो ।
पानीमा स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरिया भेटिएपछि उद्योगलाई ४८ घण्टाभित्र बजारमा पठाइएका सबै पानी फिर्ता ल्याउन नगरस्तरीय उपभोक्ता हित संरक्षण समितिले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्