 
	    काठमाडौं । उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता हीत समितिको सभापति अब्दुल खानले उद्योग वाणिज्य र श्रमका समस्या समाधान गर्न खरो रुपमा लाग्ने बताउनुभएको छ ।
सोमबार समिति सभापतिमा सर्वसहमत निर्वाचित भएपश्चात सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सभापति खानले यस्तो बताउनुभएको हो । उहाँले सबै भन्दा पहिला उद्योग, वाणिज्य तथा श्रम उपभोक्ता क्षेत्रका समस्याको अपडेट लिने बताउनुभयो ।
सभापति खानले समस्याहरुको अपडेट लिए पश्चात मन्त्री र वा कर्मचारीहरुबाट वा विषयगत समस्याको जरो उखेल्नेतर्फ लाग्ने बताउनुभयो । उहाँले सरकारलाई जवाफदेही, उत्तरदायी र जनता प्रति इमानदारी बनाउने काममा खरो रुपमा काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।
सभापति खानले समिति सभापति भएर गल्ती भए सबैले खबदारी गर्न पनि आग्रह गर्नुभयो। उहाँले देश र जनताको लागि समितिबाट गर्ने सक्ने काम गर्ने उद्देश्य लिएर लाग्ने बताउनुभयो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्