१७ बैशाख २०८२, बुधबार | Thu May 1 2025


शिक्षा सम्बन्धी अधिकार प्रदेशले पनि पाउनुपर्छ : शिक्षा राज्यमन्त्री


273
Shares

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले शिक्षा सम्बन्धी अधिकार प्रदेशले पनि पाउनुपर्ने बताउनुभएको छ ।

आइतबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको राष्ट्रिय शिक्षा दिवस आयोजक समारोह समितिको बैठकमा शिक्षा राज्यमन्त्री कुमारीले सो कुरा बताउनुभएको हो ।
उहाँले राज्यको सार्वभौमसत्ता, राजकीय शक्ती र शासन अधिकारमा प्रदेश र स्थानिय तहले पनि समानुपातिक साझेदारि पाउनुपर्ने बताउनुभयो ।

शिक्षा राज्यमन्त्री कुमारीले अझैपनि शिक्षामा प्रदेशले समान अधिकार पाउन नसकेको बताउनुभयो । उहाँले राष्ट्रको सार्वभौमसत्ता, भौगोलीक अखण्डता जोगाउन शिक्षाको भुमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले शिक्षाले सुशासन कायम र समतामुलक समाज निर्माण गर्न भुमिका खेल्ने बताउनुभयो । उहाँले शिक्षा मन्त्रालयको बजेट समानुपातिक भागबण्डा गरेर वितरण गर्न आवश्यक रहेको बताउनुभयो ।

शिक्षा मन्त्रालयका समिति गठन गर्दा समानुपातीक, समावेशी प्रावधानलाई ख्याल गर्नुपर्ने बताउनुभयो । उहाँले शिक्षाले नै विश्वलाई चिनाउने काम गरेको बताउनुभयो ।