२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


‘लिटिल स्टार नेपालभाषा’ गीत प्रतियोगिता हुँदै


143
Shares

काठमाडौं । ललितपुर महानगरपालिका १६ वडा कलाकार समितिले इन्द्रजात्राको अवसर पारी ‘लिटिल स्टार नेपालभाषा गीत प्रतियोगिता आयोजना गर्ने भएको छ ।

पाटन दरबार क्षेत्रको भण्डारखाल बगैचामा आश्विन ११ गते बिहीबार प्रतियोगिता आयोजना हुने आयोजकले शुक्रबार पत्रकार सम्मेलनगरी जानकारी गराएका हुन् ।

प्रतियोगितामा प्रथम हुने प्रतियोगी समूहलाई १ लाख द्वितीयलाई ७५ हजार, तृतीयलाई ५० हजार, सान्त्वनाहुनेलाई २५ हजार नगद पुरस्कार प्रदान गरिने जनाइएको छ । सर्वोत्कृष्ट गायक, संगीतकार तथा रचनाकारलाई पनि २५ हजार नगद प्रदान गरिने जनाइएको छ । यस्तै, प्रतियोगितामा वरिष्ठ कलाकार र ब्यक्तित्वलाई ‘ललितरत्न’ उपाधिसहित सम्मान गरिने पनि आयोजकले जानकारी गराएका छन् ।

प्रतियोगिहरुले आफ्नो गीतको रेकर्ड फारामसहित दर्ता गराउनु पर्ने, उक्त रेकर्डमार्फत छनौट भएकाहरुले अडिशन राउण्डमा प्रस्तुत दिने र यसैको आधारमा छनौट भएकाहरु लिटिल स्टार गीत प्रतियोगितामा सहभागी हुने आयोजकले जनाएका छन् । यस प्रतियोगितामा सहभागी हुन कम्तीमा ४ जना वाद्यवादक संगीतकारहरुको साथमा गीत प्रस्तुत गर्नुपर्ने व्यवस्था गरिएको पनि बताइएको छ ।