Logo २२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025


भदौ ९ मा ‘वागमती नदी महोत्सव जलजात्रा’ हुने


455
Shares

काठमाडौं । यही भाद्र ९ गते शनिवार ‘वागमती नदी महोत्सव जलजात्रा’ हुने भएको छ ।

नेपाल नदी संरक्षण संस्था, नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सिस (नारा) र फेण्ड्स क्लव कुपन्डोलले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यक्रमबारे जानकारी गराएको हो । वागमती नदीको अवस्था र त्यसको व्यवस्थापनबारे समग्रतामा जानकारी दिने उद्देश्यसहित सो जलजात्राको २३ औं संस्करणको रुपमा मनाउन लागिएको नाराका अध्यक्ष शिव अधिकारीले जानकारी दिनुभयो ।

ललितपुरको कुपण्डोलस्थित वागमती पुलछेउमा शनिवार बिहान ७ बजे सहभागी भई सो जलजात्रामा सहभागी हुन पनि उहाँले सरोकारवाला निकाय र यस अभियानमा संलग्न सबैलाई आग्रह गर्नु भयो ।सो जलजात्रामा सरकारी निकाय, सञ्चारकर्मी, विद्यार्थी, स्थानीय, वागमती सफाई अभियानमा संलग्नहरु गरेर करिव १ हजार जना सहभागी हुने अपेक्षा गरिएको छ । वागमती नदी किनारामा पार्क तथा खेलकुद मैदान समेत निर्माण हुने गरी आफूहरुले सो जलजात्रा अभियानलाई निरन्तरता दिँदै आएको पनि नाराले जनाएको छ ।