काठमाडौं । नेपाली कांग्रेसका ८ जना नेताहरूले नक्कली भुटानी शरणर्थी प्रकरणको अनुसन्धान गरिरहेका प्रहरी अधिकृतहरुको सरुवा गरिएको प्रति आपत्ति जनाएका छन् ।
बिहिबार उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै चर्चित भ्रष्टाचार काण्ड अनुसन्धान गरेका प्रहरीलाई सरूवा गरिनुले निष्पक्ष छानबिनमाथि गम्भीर प्रश्न उठेको बताएका हुन् ।
बिज्ञप्तिमा भनिएको छ –‘चर्चित भ्रष्टाचार काण्डमा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीलाई अस्वाभाविक ढंगबाट सरूवा गरिनुले निष्पक्ष छानबिनमाथि नागरिक तहमै गम्भीर प्रश्न उठेको छ, यो आशंका मात्र हो भनेर राज्य पन्छिन मिल्दैन।’ कांग्रेस विधिको शासन स्थापनाका लागि लड्दै आएको भन्दै उनीहरूले सरकारमा हुँदा विधिको शासन चलाउने अभ्यासमा आफूलाई अब्बल सावित गर्नुपर्न र पार्टी चलाउँदा पनि विधि र पद्धतीको पूर्ण पालना गर्नुवर्नेमा जोड दिएका छन् ।
बिज्ञप्तिमा मधु आचार्य,रञ्जित कर्ण, गुरुराज घिमिरे, देवराज चालिसे,गोबिन्दराज पोख्रेल,भूपेन्द्रजङ्ग शाही,भरतबहादुर खड्का र सुवास लोहनीले हस्ताक्षर गरेका छन् । उनीहरु कांग्रेस रुपान्तरण अभियानमा लागेका नेताहरु हुन् ।






प्रतिक्रिया दिनुहोस्