सिन्धुली । तराई मधेसका केही जिल्लाहरुमा मंगलबार नाग पञ्चमी मनाइँदै छ ।
नाग पञ्चमीको दिन घरका ढोकामा नागको चित्र टाँसेर नाग देउताको पूजा गर्ने चलन रहेको छ । नाग देवताको पुजा गर्दा वर्षभरि घरमा नाग, सर्प र विच्छी लगायतका जीवले दुःख नदिनुका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिने धार्मिक विश्वास रहि आएको छ ।
गाईको दूध, तेल, सिन्दुर, महुवा, अक्षता, दुबो, खीर, रोटी लगायतका परिकार चढाएर नागको पूजा गर्ने गरिन्छ ।
वैज्ञानिक रुपमा पनि प्रकृतिमा भएका विषालु तत्वलाई नाग, सर्प लगायतका जीवले शोषण गरी मानव लगायत अन्य जीवलाई विषालु वातावरणको प्रभाव पर्न नदिने अनुसन्धानबाट पुष्टि भएको छ ।









प्रतिक्रिया दिनुहोस्