Logo १० आश्विन २०८३, शनिबार | Sat Sep 26 2026


लम्पी स्किन रोग नियन्त्रणका लागि पूर्व कार्ययोजना बनेको छ : सचिव खराल


0
Shares

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.दीपककुमार खरालले लम्पी स्किन रोग नियन्त्रणका लागि सरकारले पूर्व कार्ययोजना बनाएको बताउनुभएको छ ।

बिहीबार संसदको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति समितिमा पशु सचिव खरालले पशुुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणका लागि कार्ययोजना बनाएर सरकारको केन्द्रिय अनुगमन तथा मुल्याङ्कन समितिमा पेस गरिसकेको जानकारी दिनुभयो । उहाँले कार्ययोजनमा रोग नियन्त्रणका लागि पूर्वतयारी, खोप अभियान सञ्चालन र देशभित्रै खोप उत्पादनका विषय समेटिएको बताउनुभयो ।

सचिव खरालले भदौसम्म पूर्व तयारीका सम्पूर्ण कार्यक्रम सम्पन्न गर्ने र माघसम्म पूर्ण खोप अभियान सञ्चालन गर्ने सोच रहेको बताउनुभयो । सरकारले राहतको सशक्त माध्यम पशुधन बीमा भएपनि यो प्रभावकारी नभएको स्वीकार गर्नुभयो । उहाँले कार्ययोजना सञ्चालन गर्न ६५ करोड रुपैयाँ लाग्ने अनुमान गरिएको बताउनुभयो ।

सचिव खरालले पशुधन बीमाबाट किसानले लाभ लिन नसकेको भन्दै यसको नियमन गर्र्ने निकाय बीमा प्राधिकरण भएको बताउनुभयो । लम्पी स्किन रोग नियन्त्रणका लागि मन्त्रालयसँग पर्याप्त बजेट नभएको गुनासो गर्नुभयो ।

Skip This