काठमाडौं । सिटिजन्स बैंकका ६ जना कर्मचारी नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सिटिजन्स बैंकका विभिन्न शाखामा कार्यरत ६ जनालाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा सिटिजन्स बैंकको बुटवलको ड्राइभर टोल शाखाकी मनीषा मास्के, मणिग्राम शाखाकी गोमा ज्ञवाली, कालिकानगर शाखाकी कल्पना खत्री, कालिकानगर शाखाकै प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमानन्द गौतम र दीपक बिष्ट रहेका छन् ।
नक्कली प्रमाणपत्रका आधारमा जागिर खाएको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्