काठमाडौं । राष्ट्रिय सभाकी सांसद डा. विमला राई (पौड्याल) ले सरकारले बहुमतको आडमा सुन तस्करीमा संलग्न व्यक्तिहरुमाथि छानबिन गर्न नदिएको आरोप लगाउँदै त्यस्तो प्रयास गर्नु लोकतन्त्रको लागि नै घातक भएको टिप्पणी गर्नुभएको छ ।
शुक्रवार राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले सत्तापक्षले बहुमतको आडमा सो प्रकरणमा मुछिएकाहरुलाई छानबिनको दायरा नल्याउने काम गरिरहेको आरोप लगाउँदै त्यो लोकतन्त्रका लागि सबैभन्दा कुरुप पक्ष भएको जिकिर समेत गर्नुभयो । सांसद पौडेलले गृहमन्त्रीमाथि नै सो प्रकरणमा शंका भएकाले एमालेले त्यसका लागि छानबिन गर्न उच्चस्तरीय समितिकै माग गर्नु परेको पनि दोहोर्याउनु भयो ।
सांसद पौडेलले एमालेले सो प्रकरणको छानबिनलाई भरपर्दो र विश्वासनीय बनाउन पनि उच्चस्तरीय छानबिन समिति बनाउन उपयुक्त हुने बताउनु भयो ।






प्रतिक्रिया दिनुहोस्