
काठमाडौं । अविरल वर्षाका कारण नारायणगढ-मुग्लिन सडकखण्डका विभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ ।
मंगलबार बिहानै साढे पाँच बजेदेखि पहिरोका कारण सडक अवरुद्ध भएको हो ।
ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका-६ कालीखोलालगायत सडकका विभिन्न ठाउँमा पहिरो खसेको छ ।
बिहानैदेखि मेसिन उपकरणद्वारा पहिरो पन्छाउने कार्य भइरहेको छ । साथै वर्षाका कारण अन्य ठाउँमा पनि पहिराको जोखिम बढेको प्रहरीले जनाएको छ ।
यस्तै, पहिरोका कारण कान्ति लोकपथ र मदन भण्डारीमार्ग पनि अवरुद्ध भएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–२ ज्यालटारमा पहिरो जाँदा हेटौंडा–भैसे–भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्ड अवरुद्ध भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
त्यसैगरी मकवानपुरको बकैया–११ लामराङमा गएको पहिरोबाट कान्तिलोक पथ पनि अवरुद्ध भएको छ ।









प्रतिक्रिया दिनुहोस्