Logo १२ बैशाख २०८३, शनिबार | Sun Apr 26 2026


विवादित ल्यारक्याल लामा लुम्विनी विकास कोषको उपाध्यक्ष


1.4k
Shares

काठमाडौं । विवादास्पद पृष्ठभूमि र आधा दर्जन बढी आपराधिक अभियोग लागेका ल्यारक्याल लामालाई सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेको खुलासा भएको छ ।

तीन वटा देशको पासपोर्ट, अवैध हतियार, मानव तस्करी, ठगीलगायतका अभियोगमा बारम्बार पक्राउ परेका लामालाई सरकारले यही साउन १६ गतेको मन्त्रिपरिषद वैठकबाट कोषको उपाध्यक्ष नियुक्त गरेको खुलासा भएको हो ।

सत्तारुढ माओवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका लामालाई पर्यटन मन्त्री सुदन किराँतीको प्रस्तावमा उपाध्यक्ष नियुक्त गरिएको हो । संविधानसभाको सदस्य समेत बनेका उनी छोटो समय अर्थ राज्यमन्त्री समेत बनेका थिए ।