काठमाडौं । लकस नेपालले आफ्नो १३ औं स्थापना दिवस गत बुधबारको अवसरमा गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई “लकस नेपाल वर्ष ब्यक्तित्व २०८० सम्मान” प्रदान गरेको छ ।
लकस नेपालको सहजीकरणमा १४ हजार लिटरको पानी शुद्धिकरण ट्याङ्की निर्माण तथा निरन्तर ब्यवस्थापनमा सक्रिय रहेका नगरकोटीलाई शनिबार आयोजित स्थापना दिवस समारोहमा उक्त सम्मान प्रदान गरिएको हो ।
४ कक्षासम्म मात्र अध्ययन गर्न पाएका, मजदुरी पेशा गर्दै आउनु भएका नगरकोटीले समुदायलाई नेतृत्व प्रदान गरी सम्पन्न गर्नुभएको कार्यले ८५ घरपरिवारलाई घरघर शुद्ध पानी पु¥याउने कार्य भएको छ । ५३ वर्षीय लामीडाँडा काफलडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नगरकोटीले आफ्नो नेतृत्वमा थप ६० हजार लिटरको पानी ट्याङ्की निर्माण गरी निरन्तर संचालन एवं व्यवस्थापन गरिरहनु भएको छ ।
नगरकोटीलाई सम्मान गर्नुहुँदै प्रदेशमन्त्री रामकृष्ण चित्रकारले “लकस नेपालको सोच एवं काम गर्ने शैली फरक भएको उल्लेख गर्नुहुँदै थप सशक्त अभियानमा प्रदेश सरकारको साथ रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भक्तपुर जिल्लाकै हाराहारी क्षेत्रफल रहेको गोदावरी नगरपालिकाभित्र मात्र एउटा स्थानीय तहले प्राप्त गर्ने बजेट प्राप्त गर्ने भएकाले योजनाअनुरुप कार्यसम्पादन चुनौतीपूर्ण बनेको उल्लेख गर्नुभयो । लकस नेपाल एवं यस्तै, अन्य संस्थाले अन्य पिछडिएका समुदायकेन्द्रीत कार्यक्रमहरु थप गर्नुपर्ने तथा यसका लागि गोदावरी नगरपालिका सहकार्य गर्न तत्पर रहेको उहाँको भनाइ थियो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, बागमती गा.पा. अध्यक्ष वीर बहादुर लोप्चन, लोप्चन, ललितपुर महानगरपालिका ११ वडा अध्यक्ष अरोजकुमार खड्गी, ललितपुर महानगरपालिका २२ वडा अध्यक्ष सागर तुलाधर तथा संस्थाका सल्लाहकार डा. शिलेन्द्र शाक्य, शाक्य सुरेन तथा कानूनी सल्लाहकार किरण शाक्यको समेत उपस्थिति रहेको थियो ।
लकस नेपालका कार्यवाहक अध्यक्ष सुरजवीर बज्राचार्यको अध्यक्षतामा भएको हो ।









प्रतिक्रिया दिनुहोस्