काठमाडौं । नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले महासंघका सदस्यहरुको प्रतिवेदन केन्द्रमा बुझाएको छ ।
महासंघको केन्द्रीय कार्यालयमा बुधबार प्रदेश समितिले अध्यक्ष विपुल पोखरेललाई प्रतिबेदन बुझाएको हो ।
सांगठनिक शुद्धिकरण र सुदृढिकरण अन्तर्गत सबै शाखामा नयाँ र पूराना गरी कूल ९५३ जना पत्रकार सदस्य रहेका छन् । जसमा ७६६ जना नविकरण र १८७ जना नयाँ सदस्य रहेका छन् ।
यसअघि १४६७ सदस्य रहेका थिए । अध्यक्ष पोखरेललाई प्रतिबेदन बुझानेमा प्रतिष्ठान प्रदेश पहिलो भएको भन्दै यसले सांगठनिक शुद्धिकरण र सुदृढिकरणमा थप बल मिलेको बताउनुभयो ।
प्रतिष्ठान प्रदेश समिति अन्तर्गत ४१ शाखा रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्