काठमाडौं । आज विश्वभर बाघ दिवस मनाइँदैछ ।
बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्षको जुलाई २९ तारिखमा विश्व बाघ दिवस मनाउने गरिन्छ ।
आजका दिन बाघको संरक्षणका लागि उनीहरुको बासस्थानको संरक्षण, बाघको संख्यामा आएको वृद्धि र ह्रासबारे जानकारीका साथै बाघ संरक्षणमा भएका प्रयासबारे चर्चा हुने गर्छ । विश्व बाघ दिवसका अवसरमा बर्दिया राष्ट्रिय निकुञ्जसहित देशभर विभिन्न कार्यक्रम गरिन्छ ।
नेपालमा सन् १९९५ मा ९८, सन् २००० मा १ सय ९, सन् २००५ मा १ सय २६, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८, सन् २०१८ मा २ सय ३५ र सन् २०२२ मा ३ सय ५५ वटा बाघ रहेको तथ्याङ्क छ ।
सन् २०१० यता १२ वर्षमा नेपालमा २ सय ३४ वटा बाघ बढेको देखिन्छ । बाघको संख्या बढेसँगै चुनौती पनि थपिएको छ । १२ वर्षको अवधिमा बाघको आक्रमणबाट ८० जनाले ज्यान गुमाएका छन् ।
नेपालमा भित्रिने पर्यटकमध्ये ६० प्रतिशतभन्दा धेरैले प्राकृतिक सुन्दरता, बाघ, गैँडालगायत वन्यजन्तुको अवलोकन गर्न संरक्षण क्षेत्र घुम्ने गरेको पाइन्छ ।










प्रतिक्रिया दिनुहोस्