काठमाडौं । नेपालका स्वतन्त्र रेडियो संवद्ध छाता संगठन रेडियो ब्रोडकाष्टर्स फोरम (आरबीएफ) ले सरकारी स्तरबाटै संगीत रोयल्टी संकलनका लागि व्यवस्थित प्रणालीको विकास गर्नुपर्ने माग गरेको छ ।
संगठनले सोमबार पत्रकार सम्मेलन गरी संगीत रोयल्टी संकलन समाजले आफ्नो सहमति कार्यान्वयन नगरेको तथा वितरण प्रणाली पारदर्शी र व्यवस्थित नगरेको भन्ने सर्जकहरुकै गुनासो रहेकाले सरकारी स्तरबाट नै संगीत रोयल्टी संकलन कार्य व्यवस्थित बनाइनुपर्ने माग गरेको हो ।
अकोर्यावका महासचिव किशोरजंग थापाले संगीतकार सुरेस अधिकारीले एफएम रेडियोका सञ्चालकहरु, रेडियो आवद्ध छाता संगठन र नेतृत्वलाई तल्लो स्तरको गाली गलौज तथा एफएम रेडियोलाई लक्षित गर्दै प्रशारण गृहमा आक्रमण गर्नेसम्मको अभिव्यक्ति दिएकाले उहाँका सिर्जना प्रशारण नगर्ने निर्णयमा पुगेको बताउनुभयो ।
संगीत रोयल्टीलाई व्यवस्थित, पारदर्शी र सर्वस्वीकार्य बनाउन गरिएका प्रयासलाई नराम्रो नियतले गलत प्रचार गरी श्रष्टा माझ भ्रम सिर्जना गर्ने कार्य भइरहेको तर्फ ध्यानाकर्षण भएको रेडियो ब्रोडकाष्टर्स फोरमले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्