३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


ओखलढुंगामा लाखेजात्रा मनाउन सुरू


208
Shares

ओखलढुङ्गा । ओखलढुंगामा नेवारी समुदायले मनाउने लाखेजात्राको रौनक सुरू भएको छ ।

जिल्लामा श्रावण कृष्ण चतुर्दशीदेखि लाखेजात्रा सुरु हुने गर्दछ । सदरमुकाममा रहेका जनहित गुठी र पारस्पारिक सेवा अनुष्ठान गुठीले भाद्र कृष्ण अष्ठमीसम्म लाखेजात्रा निकाल्ने गर्दछन् ।

एक दर्जन बढी लाखे कलाकारले राक्षसरुपि मकुण्डो लगाएर बाजाको तालमा दर्शकलाई मनोरञ्जन दिने गर्दछन् ।

नेवारी समुदायले ओखलढुंगाको गणेशचोक र रामबजारबाट निकाल्दै आएको लाखेनाच हेर्न गाउँगाउँबाट दर्शकको भीड लाग्ने गरेको छ ।