Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


सञ्चार सचिव राउतलाई थुनामुक्त गर्न सर्वाेच्चको आदेश


1.1k
Shares

काठमाडौं । सर्वोच्च अदालतले सञ्चार सचिव कृष्णबहादुर राउतलाई थुनामुक्त गर्ने फैसला गरेको छ ।

न्यायाधीश प्रकाश कुमार ढुङ्गाना र नहकुल सुबेदीको ईजलासले सञ्चार सचिव राउतलाई थुनामा राखेर अनुसन्धान गर्नुपर्ने आधार कारण र औचित्य नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश गरेको हो । ईजलासले उहाँलाई अनुसन्धान सम्पन्न नभएसम्म नेपाल बाहिर जान नपाउने गरि तारिखमा राखि मुद्धाको अनुसन्धान गर्न पनि परमादेश जारी गरेको छ ।

यस्तै ईजलासले ललिता निवासका प्रकरणमा पक्राउ परेका पूर्व निर्वाचन आयुक्त सुधिर कुमार शाह, भाटभटेनीका सञ्चालक मीन बहादुर गुरुङ र धर्म प्रसाद गौतमको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन भने खारेज गरेको छ । सर्वोच्चको यो आदेशसँगै उनीहरु थुनामुक्त नहुने भएका छन् । यस्तै ललिता निवास प्रकरणमा संलग्न १७ जनाको हकमा सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेश पनि सर्वोच्चले खारेज गरिदिएको छ । सर्वोच्चले केन्द्रीय अनुसन्धान व्युरो सिआईबीले पक्राउ नगर्न सर्वोच्च अदालतले १७ जनलाई दिएको अन्तरिम आदेश बदर गर्न माग गर्दै दर्ता गरेको भ्योकट निवेदनमा सुनुवाई गर्दै अनतरिम आदेश खारेज गहुने आदेश गरेको हो ।

Skip This