Logo ३२ असार २०८३, बिहिबार | Thu Jul 16 2026


बीपीको बलिदानको भावना देखेर आकर्षित भएँ : पूर्वराष्ट्रपति यादव


0
Shares

काठमाडौं, भदौ २२ । पूर्वराष्ट्रपति डा. रामवरण यादवले बीपी कोइराला जीवनको अन्तिम समयसम्म पनि देशको चिन्तनमा लागिरहेको बताएका छन् ।

बीपी कोइरालाको १०५औं जन्मजयन्तीको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले बीपीको बलिदानको भावना देखेर आफू आकर्षित भएको स्मरण गरे ।

बीपी देशभित्रमात्र नभइ विदेशमा पनि उत्तिकै लोकप्रिय रहेको उनकोे भनाइ थियो ।

कार्यक्रममा नेपाली कांग्रेस नेता चक्रप्रसाद बास्तोलालाई बीपी सेनानी सम्मान २०७५ बाट सम्मानित गरिएको थियो ।

यस्तै, साहित्यकार रोचक घिमिरेलाई बीपी साहित्य सम्मान २०७५ बाट सम्मानित गरियो ।

बास्तोला र घिमिरेलाई क्रमशः ५१ हजार र एक लाख रुपैयाँको नगद पुरस्कार प्रदान गरिएको हो ।