Logo १७ बैशाख २०८३, बिहिबार | Thu Apr 30 2026


काभ्रेमा यो वर्ष मुद्दा फछ्र्यौट बढी


156
Shares

काभ्रे। जिल्ला अदालत काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७९/८० मा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्याैट गरेको छ ।

२ हजार ३ सय १३ वटा मुद्दा फछ्र्याैट गर्ने लक्ष्य लिएकोमा २ हजार ३ सय १४ वटा मुद्दा फछर्याैट भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले जानकारी दिनुभयो ।

वार्षिक लक्ष्यमा दर्ताको संख्या ३ सय ४७ थान थप र फछर्याैटमा एक थान थप अथार्त शतप्रतिशत पूरा भएको उहाँले जानकारी दिनुभयो । नयाँ दर्ता अनुमान १६ सय ३७ थान गरेकोमा १९ सय ८७ थान दर्ता भएको थियो ।

जिम्मेवारी सरेका १५ सय ५५ थान र नयाँ दर्ता १९ सय ८७ गरी जम्मा ३५ सय ४२ थान मुद्दाको लगत कायम भएको छ । लक्ष्य भन्दा धेरै दर्ता र फछर्याैटमा शत प्रतिशत पुरा गरेको जिल्ला अदालतमा चालु वर्षका लागि १ हजार २ सय २८ थान मुद्दाको जिम्मेवारी सरेको छ ।

अघिल्लो आर्थिक वर्षको तुलनामा जिम्मेवारी सरेको ३ सय २७ थान कम हो । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेका मध्ये ८४ दशमलव ८८ प्रतिशत मुद्दा फैसला भएका छन् भने नयाँ दर्ता भएकाबाट ५४ दशमलव ७४ प्रतिशत फैसला भएका छन् ।