
काठमाडौं । हेमबहादुर मल्ल सम्मान २०७७/०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिने भएको छ ।
मंगलबार काठमाडौंमा नेपाल जन-प्रशासन संघ र साल्ट टेनिङ कर्पोरेशनले संयुक्त रुपमा पत्रकार सम्मेलनमार्फत सम्मान घोषणा गरेको हो ।
संघले ख्याती प्राप्त प्रशासक र व्यवस्थापक स्वर्गिय हेमबहादुर मल्लले साल्ट टेनिङ कर्पोरेशनको नेतृत्व तहमा रहि उत्कृष्ट योगदान पु¥याएबापत उहाँको सम्झानामा हेमबहादुर मल्ल सम्मान स्थापना गरिएको नेपाल जनप्रशासन संघका अध्यक्ष कृष्णहरि वास्कोटाले बताउनुभयो । उहाँले हेमबहादुर मल्ल सम्मान वर्षेनी सार्वजनिक प्रशासन तथा व्यवस्थापन क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनेलाई नगत दुई लाखसहित सम्मानपत्र प्रदान गर्ने गरेको बताउनुभयो । उहाँले विगतको जस्तो हेमबहादुर मल्ल सम्मान २०७७ बाट गारेक्षबहादुर न्हुच्छे प्रधानलाई प्रदान गरिने र हेमबहादुर मल्ल सम्मान २०७८ बाट भानुप्रसाद आचार्यलाई प्रदान गरिने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्