काठमाडौं । नक्कली भूटानी शरणार्थी प्रकरणमा पक्राउ परी जिल्ला अदालत काठमाडौँको आदेशमा रिहा भएका केशव तुलाधर पुनः पक्राउ परेका छन् ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पनि तुलाधरको संलग्नता देखिएपछी जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई आइततबार पक्राउ गरेको हो ।
भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधर १५ लाख धरौटीमा रिहा भएलगत्तै उनलाई ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा पक्राउ गरिएको हो ।
तुलाधरलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमै राखिएको र सोमबार केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) लाई बुझाइने छ ।










प्रतिक्रिया दिनुहोस्