१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित


117
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित भएको छ ।

शनिबार राति १० बजे बसेको प्रदेशसभाको बैठकले प्रदेश आर्थिक वर्ष २०८०/८१ को बजेट र सोसँग सम्बन्धित विधेयक बहुमतले पारित गरेको हो ।

प्रदेश सांसदहरुलाई सांसद विकास कोष अन्तर्गतको बजेट बढाउने सहमतिपछि बजेट पारित गरिएको हो । एमाले र स्वतन्त्र सांसदहरुले भने बजेट पारित गर्न डाकिएको बैठक बहिष्कार गरेका थिए । विपक्षी बेञ्चमा राप्रपाका सांसद मात्रै रहेका थिए ।

बजेटमा नेपाली कांग्रेस, एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रका गरी पक्षमा ३९ सांसद र प्रतिपक्ष दल राप्रपाका एक सांसदले विपक्षमा मत दिएका थिए ।