Logo १४ असार २०८३, आइतबार | Sun Jun 28 2026


१३ मुख्य लक्ष्य, ४० लक्ष्यअनुरूपको कार्यगत उद्देश्य


260
Shares

काठमाडौं । नेपाल प्रहरीले नयाँ आर्थिक वर्षदेखि नेपाल प्रहरी कार्ययोजना–२०८० कार्यान्वयनमा ल्याउने भएको छ । १ साउनदेखि कार्यान्वयनमा ल्याउन लागिएको कार्ययोजनाको अवधि दुई वर्षको रहेको छ ।

सरकारको न्यूनतम साझा कार्यक्रम, आर्थिक वर्ष २०८०/८१ को स्वीकृत नीति तथा कार्यक्रम, गृह प्रशासन सुधार योजना–२०७८, तालुक गृह मन्त्रालयको वर्तमान प्राथमिकताका क्षेत्र, नेपाल प्रहरीको रणनीतिक योजना, विगतमा कार्यान्वयन गरिएका कार्ययोजनासमेतका सन्दर्भ सामग्रीहरूको अध्ययन गरी कार्ययोजना बनाइएको हो ।

यस्तै, प्राथमिकताका क्षेत्रहरूको पहिचान गरी वर्तमान समस्या तथा चुनौतीहरू दृष्टिगत गर्दै विगतका कार्ययोजना कार्यान्वयन प्रगति विवरणसम्बन्धी समीक्षात्मक प्रतिवेदनबाट प्राप्त सुझावलाई ध्यानमा राखी कार्ययोजनाका गतिविधि निर्धारण गरिएको हो ।

प्रचलितकानूनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति–सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टीकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यावसायिक सुदृढीकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने कार्ययोजनाको उद्देश्य रहेको छ ।

कार्ययोजनामा १३ वटा मुख्य लक्ष्य, ४० वटा लक्ष्यअनुरूपको कार्यगत उद्देश्य र १ सय ८३ वटा क्रियाकलाप संख्या रहेका छन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।