Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


चलचित्र ‘ऐंचो पैंचो’को टिजर सार्वजनिक


1.4k
Shares

काठमाडौं । चलचित्र ‘ऐंचो पैंचो’को टिजर सार्वजनिक भएको छ ।

आगामी भाद्र १४ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्रको शुक्रबार टिजर रिलिज गरिएको हो ।

कृषा चौलागाईंको डेब्यु निर्देशकिय चलचित्र केपी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा स्वस्तिमा खड्का, मुकुन भुषाल, बर्षा राउत, सुशिल सिटौला, कोशिस क्षेत्री, रमेश बुढाथोकी, राजाराम पौडेल, बुद्धि तामाङ, रविन्द्र झा, सरिता गिरी, विशाल पहारी लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रितम लामिछाने र आध्या लामिछाने निर्माता रहेको सिनेमामा अभिमन्यु निरवीको कथा, पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको कोरियोग्राफी, शुजिल कर्माचार्यको पाश्र्व संगीत, रेनिश फागोकको कलर, सत्यम राणको भिएफएक्स, मुकेश शाहको साउण्ड डिजाइन, भोला सुवेदी प्रोडक्सन कन्ट्रोलर, विनय राज पौडेलको मुख्य सहायक निर्देशक र विपिन मल्ल र भुपेन्द्र अधिकारीको सम्पादन छ ।