१ भाद्र २०८२, आइतबार | Sun Aug 17 2025


चितवनमा ट्याङ्करको ठक्करबाट दुई जनाको मृत्यु


0
Shares

चितवन, भदौ २२ । चितवनमा ट्याङ्करको ठक्करबाट गएराति दुई जनाको मृत्यु भएको छ ।

पूर्वी चितवनको राप्ती नगरपालिका–३ स्थित झुरझुरेमा राति ८ः३५ बजेको समयमा ना३ख ८५३९ नम्बरको ट्याङ्करले ग५प ६२६० नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । ठक्करबाट गम्भिर घाईते भएका मोटरसाईकलमा सवार दुवै जनाको उपचारका लागि भरतपुर ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा बारा जितपुर–१६ बस्ने ३८ वर्षीय प्रेमबहादुर मोक्तान, मकवानपुर छतिवन–४ बस्ने ३४ वर्षीय सुकमान सेङतान छन् । ठक्कर दिने ट्याङ्कर र चालक प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।