Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


थप विश्वविद्यालय आवश्यक छैन : खिमलाल देवकोटा


195
Shares

काठमाडौं । राष्ट्रिय सभाका सांसद खिमलाल देवकोटाले नेपालमा थप विश्वविद्यालय आवश्यक नरहेको बताउनुभएको छ ।

सोमबार राष्ट्रिय सभा बैठकमा ‘नेपाल विश्वविद्यालय विधेयक-२०७९’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले सो दाबी गर्नुभएको हो ।

सांसद देवकोटाले शिक्षा मन्त्रालय, नेपाल सरकारको थिंकटयांकको रुपमा रहेको नेपाल नीति अनुसन्धान प्रतिष्ठानको हालै सार्वजनिक भएको प्रतिवेदनमा पनि नेपालमा थप विश्वविद्यालय आवश्यक नभएको उल्लेख गरिएकोतर्फ पनि नेपाल सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो । उहाँले नयाँ शिक्षा नीति ल्याउन र सोको आधारमा मात्रै थप विश्वविद्यालय नेपालमा आवश्यक छ, छैन भन्ने कुराको निष्कर्षमा पुग्न पनि सरकारलाई सचेत गराउनुभयो ।

सांसद देवकोटाले प्लस टू पास गरेपछि विद्यार्थीहरु धमाधम विदेश जाने, तर यहाँ विश्वविद्यालय खोल्ने कुरा परस्पर विरोधी भएकाले यसतर्फ पनि सरकार गम्भिर हुुनुपर्ने आवश्यक्ता औंल्याउनुभयो ।

सांसद देवकाटाले वित्तिय र भौतिक पूर्वाधार केही पनि नभएकाले अहिले नेपाल विश्वविद्यालय खोल्न आवश्यक नरहेको तर्क समेत गर्नुभयो ।