Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


ललितपुर जिल्ला अदालतमा कानून व्यवसायीहरु आन्दोलित


390
Shares

ललितपुर । कानून व्यवसायीहरुले जिल्ला अदालत ललितपुरमा बिरोध प्रदर्शन गरेका छन् ।

जिल्ला अदालत ललितपुरकी नासु प्रेमिका तामाङ र अधिवक्ता अमिर लामिछाबीचको विवादपछि भएको हात हालहाल भएको घटनालाई लिएर कानुन व्यवसायीले आन्दोलन गरेका हुन् । असार १३ गते जिल्ला अदालत ललितपुरमा नासु तामाङलाई काम गरिरहेको अवस्थामा लामिछानेले आक्रमण गरेको भन्दै देशभरका अदालतका कर्मचारीहरुले आन्दोलनस्वरुप आईतवार तीन घण्टा काम नगरी बिरोध जनाएका थिए ।

आईतवार नै नेपाल बार एशोसिएशनले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा सोमवार बहस पैरवी नगर्ने घोषणा गरेको थियो । सोही अनुसार आज उनीहरुले आन्दोलन गरेका हुन् । बिरोध प्रदर्शनका क्रममा बोल्दै कानून व्यवसायी भोजराज अधिकारीले अधिवक्ता लामिछाने बिरुद्ध लगाइएको मुदद झुटो भएकाले मुद्दा अविलम्व खारेज हुनुपर्ने माग राख्नुभयो।उहाँलेअदालतभित्रको मुद्दालाई समाधान गर्न नसक्ने अदालतका मुख्य न्यायाधीशहरुको तत्काल सरुवा हुनुपर्ने बताउनु भयो ।

आन्दोलनका क्रममा बोल्दै अर्का कानून व्यवसायी सीताराम केसीले अमिर लामिछानेलाई एउटा मुद्दामा फसाइएको भन्दै यो मुद्दा सम्पूर्ण कानून व्यवसायीमाथि लागेको मुद्दा रहेको बताउनु भयो । उहाँले सिसिटिभी फुटेज कसरी छैन भन्ने बारेमा तत्काल अनुसन्धान गरी दोषीमाथि कारबाही हुनुपर्ने बताउनु भयो ।

त्यस्तै अर्का कानून व्यवसायी सुनिल पोखरेलले यो मुद्दा कानून व्यवसायी र कर्मचारीबीचको झगडा नभइ संस्थागत रुपमा कानून व्यवसायीलाई डिफेम गर्नका लागि सांगठनिक रुपमा लागेको देखिएको बताउनु भयो ।

उहाँले कानून व्यवसायीलाई बदनाम गरेर न्यायलय र कर्मचारी माथि पुग्न नसक्ने बताउनु भयो ।