Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


आज राष्ट्रियसभाको बैठक बस्दै


52
Shares

काठमाडौं । राष्ट्रियसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

संघीय संसद् भवन, नयाँ बानेश्वरमा बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विनियोजन विधेयकमाथि छलफल हुने कार्यसूचि रहेको छ ।

साथै, शिक्षा मन्त्री अशोककुमार राईले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वविद्यालय विधेयक २०७९ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख रहेको छ ।