Logo ८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026


आज प्रतिनिधिसभा बैठक बस्दै


91
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक आइतबार बिहान ११ बजे बस्ने भएको छ ।

आइतबारको उक्त बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने छ ।

संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूची अनुसार अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक विधेयक २०८० पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्दै राष्ट्र ऋण उठाउने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

राष्ट्र ऋण उठाउने विधेयक २०८० माथि प्राप्त संशोधनहरुलाई निणयार्थ प्रस्तुत गरिनेछ भने सो विधेयक पारित गरियोस् भन्ने प्रस्ताव पेस हुने कार्यसूचि रहेको छ ।