
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘विनियोजन विधेयक, २०८०’ राष्ट्रिय सभामा प्रस्तुत गर्नुभएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभा बैठकमा उहाँले सो विधेयक पेस गर्नु भएको हो ।
अर्थमन्त्री महतले आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यका लागि संघीय सञ्चित कोषबाट रकम खर्च गर्ने सम्बन्धि अधिकार दिन सो रकम विनियोजन गर्न बाञ्छनीय हुने भएकाले प्रस्तुत विधेयक राष्ट्रियसभामा पनि पेस गर्नु परेको अर्थमन्त्री महतले स्पष्ट पार्नुभयो ।
गत बुधबार बसेको प्रतिनिधिसभा बैठक पनि सो विधेयक प्रस्तुत गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्