Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


एमाले र रास्वपाको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित


624
Shares

काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले निर्वाचन कार्यालय हटाउने अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रतिवद्धता विनियोजन शिर्षकमा समावेश गर्न माग गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको हो । बैठकमा एमालेका प्रमुख सचेतक पदम गिरीले अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने निर्णय विनियोजन शिर्षकमा समावेश नगरी संसद बैठक अघि बढन नदिने अडान लिएपछि एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले उठेर अवरोध गरेका थिए । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले पनि अर्थमन्त्रीको सो प्रतिवद्धता समावेश गरेर मात्रै बजेट पास गर्नुपर्ने अडान लिनु भएको थियो ।

यता, सत्तारुढ काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने त्यसमा आफ्नो पार्टीको पनि सहमती रहेको उल्लेख गर्दै मन्त्री महतलाई जिल्ला निर्वाचन कार्यालय खारेज नगर्ने प्रतिवद्धताका जनाउन लगाएर संसदलाई सुचारु गराउन उपयुक्त हुने सुझाव सभामुख देवराज घिमिरेलाई दिनु भएको थियो ।