११ श्रावण २०८२, आइतबार | Sun Jul 27 2025


११ महिनादेखि बसेन कांग्रेस बैठक


156
Shares

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद थप पेचिलो बन्दै गएको छ।

सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय समितिको बैठक टार्दै आएका बेला केन्द्रीय सदस्य मधु आचार्यले बैठकको माग गर्दै केन्द्रीय कार्यालयमा निवेदन दिएका छन्।

पार्टीको विधानले नचिन्ने पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमार्फत निर्णय लिँदै आएको कांग्रेसले मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको समीक्षाका लागि समेत अहिलेसम्म बैठक बोलाएको छैन।

राष्ट्रपति निर्वाचनपछि मात्र बस्ने भन्दै यसअघि बोलाइएको बैठक पनि कांग्रेसले सारेको थियो। राष्ट्रपति निर्वाचन सम्पन्न भएर चुनावपछि भत्केको गठबन्धन फेरि पुरानो ठाउँमा आएको छ। तर कांग्रेस केन्द्रीय समितिको बैठक ११ महिनादेखि बस्न सकेको छैन। विधानतः हरेक दुई महिनामा केन्द्रीय समितिको बैठक बस्नुपर्ने व्यवस्था छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।