
काठमाडौं । सत्तारुढ दलको एक घटक जनता समाजवादी पार्टी (जसपा) ले केन्द्रीय कार्यकारिणी समितिको बैठक भोली (बिहीबार) बस्दैछ ।
पार्टी कार्यालय बालकुमारीमा बिहान साढे ११ बजे बोलाइएको बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गते बस्ने केन्द्रीय समितिको बैठकका एजेण्डा तय गर्ने कार्यसूची छ । बैठकमा समसामयिक राजनीतिलगायतका विषयमा पनि छलफल हुने जसपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्