२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


काभा भलिबल नेसन्स लिग अन्तर्गत आज नेपाल र इरान भिड्दै


1.651k
Shares

काठमाडौं । काभा पुरुष भलिबल नेसन्स लिगको तेस्रो खेलमा मंगलबार नेपाल र इरान भिड्ने छन् ।

प्रतियोगितामा लगातार दुई खेल हारेको नेपाल मंगलबारको यो खेलमा पहिलो जितको खोजीमा हुनेछ । तर, इरानविरुद्धको खेल नेपालको लागि सहज भने हुनेछैन ।

प्रतियोगिताको पहिलो खेलमा मंगोलियासँग ३–१ को सेटमा हारेको नेपाल दोस्रो खेलमा सोमबार आयोजक राष्ट्र किर्गिस्तानसँग पनि ३–१ कै सेटमा पराजित भयो ।

उक्त खेलमा नेपाललाई किर्गिस्तानले २६–२४, २१–२५, २५–१८ र २५–१६ ले हराएको हो ।