Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


बाबुराम भट्टराई र रेशम चौधरीबीच भेटबार्ता


247
Shares

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई खाँदा लगाएर स्वागत गर्नुभएको छ ।

भट्टराई निवास पुगेका चौधरीलाई स्वागत गरेको तस्वीर भट्टराईले सामाजिक सञ्जालमा राख्नुभएको हो ।

भट्टराइले फेसबुकमा तस्बिर सार्वजनिक गर्दै स्टाटस लेख्नु भएको छ, ‘हालै जेलमुक्त हुनुभएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीलाई खुला आकाशमुनी हार्दिक स्वागत ।’

टीकापुर हत्याकाण्डमा दोषी ठहर भई जेलजीवन बिताएका चौधरी हालैमात्र जेलमुक्त हुनुभएको थियो ।

टीकापुर घटनामा दोषी ठहर भई जन्मकैदको सजाय सुनाइएका रेशमलाई गत १५ जेठमा गणतन्त्र दिवशको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिनुभएको थियो ।