Logo २२ असार २०८३, सोमबार | Tue Jul 7 2026


व्यवस्थित र प्रविधिमैत्री शहरीकरणको काम अघि बढेको छ: मन्त्री बस्नेत


0
Shares

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले व्यवस्थित र प्रविधिमैत्री शहरीकरणको लागि सरकारले गृहकार्य अगाडि बढाएको बताएका छन् ।

बिहीबार राजधानीमा भएको एक कार्यक्रममा उनले त्यसकालागि नीतिगत समन्वय, प्राविधिक सहयोग र बजेटको व्यवस्थापन आवश्यक रहेकोमा जोड दिए ।

बढ्दो जनसंख्यासंगै अव्यवस्थित शहरीकरणको तीव्र विकासका कारण विभिन्न समस्या थपिएकाले सरकारले तिनको समाधान गर्न योजना बनाएको बताए ।

सोफेनका अध्यक्ष इन्जिनियर रामवीर शाहले बढ्दो शहरीकरणसंगै स्थलगत सरसफाइ, मानव सृजित फोहोरमैला व्यवस्थपन चुनौतीको रुपमा रहेको बताए ।

उनले शहरी विकास रणनीति तय भएपनि पूर्णरुपमा कार्यान्वयनमा आउन नसकेको गुनासो गरे ।

अन्य वक्ताहरुले पनि नेपालका शहरहरुमा मानव सृजित फोहोर बढ्दै गएकाले व्यवस्थापनका लागि संस्थागत तथा नियामक खाका आवश्यक रहेको जोड दिएका थिए ।