Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


नभएको स्थानको नाममा बजेट विनियोजन गरेको भन्दै सोविता गौतमको आपत्ति


1.5k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले हुँदै नभएको स्थानको नाममा पनि सरकारले बजेट विनियोजन गर्ने गैरजिम्मेवार काम गरेको भन्दै आपत्ति जनाउनु भएको छ ।

काठमाडौंमा वडा नम्बर ३५ भनेर हुँदै नभएको वडाको नाममा पनि बजेट विनियोजन गरिएको उल्लेख गर्दै उहाँले असन्तुष्टि व्यक्त गर्नु भएको हो । शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै सांसद गौतमले हुँदै नभएको ठाउँमा बजेट विनियोजन गर्ने र प्रिन्ट मिस्टेक भनेर सरकारले जवाफ दिने काम गरेकोमा आफूलाई पटक्कै चित्त नबुझेको बताउनु भयो ।

उहाँले बजेट पहुँचको आधारमा मात्रै विनियोजन गरिएको, भौतिक पूर्वाधारको विकास गर्दा प्राकृतिक सौन्दर्यको ध्यान दिन नसकेकोतर्फ पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो ।सांसद गौतमले सडक निर्माणकै कारण नेपाली जनतामा ठूलो स्वास्थ्य समस्या आएको उल्लेख गर्दै त्यसको निराकरणका लागि के नीति लिएको छ ? भनि सरकारलाई प्रश्न समेत गर्नु भयो ।