Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


थुनछेक आदेश हुन सकेन

नक्कली भुटानी शरणार्थी प्रकरणमा लम्बियो प्रतिरक्षा बहस

1.8k
Shares

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणअन्तर्गत जिल्ला अदालत काठमाडौंमा १० दिनदेखि चलिरहेको थुनछेक बहस निर्धारित समयमा नसकिएपछि इजलास आदेश दिन असफल भएको छ।

प्रतिवादीतर्फका वकिलहरूको प्रतिरक्षा बहस लम्बिएकाले इजलासले बुधबार थुनछेक आदेश दिन नसकेको हो। यही जेठ २१ गते इजलास सुरु गर्दा न्यायाधीश प्रेमप्रसाद न्यौपानेले १० दिनपछि (जेठ ३१) गते सबै बहस सकेर थुनछेक आदेश दिने कार्यतालिका तय गरेका थिए।

जसमा पहिला तीन दिन (जेठ २३ गतेसम्म) वादी पक्षका वकिललाई बहसका लागि निर्धारण गरिएको थियो। त्यसपछिका ६ दिन (जेठ ३० गतेसम्म) प्रतिवादीका वकिलका लागि प्रतिरक्षा बहसको समय तोकिएको थियो।

बुधबार (जेठ ३१ गते) जिल्ला सरकारी वकिल कार्यालयबाट जबाफी बहस गराएर थुनछेक आदेश दिने कार्यतालिका तय गरिएको थियो। जसअनुसार वादी पक्षका वकिलले सुरुमा निर्धारित समयमै बहस सकाएका थिए।

तर प्रतिवादीतर्फका वकिलले भने निर्धारित समयमा बहस नसकेपछि बुधबार समय थप गरिएको थियो। थप समयमा पनि प्रतिवादीतर्फका वकिलले प्रतिरक्षा बहस सकेका छैनन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।