२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


कला, संस्कृति रहेमात्रै हाम्रो पहिचान रहन्छ : उपमेयर डंगोल


624
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कला, संस्कृति रहेमात्रै देशको पहिचान रहजे बताउनु भएको छ ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले एकतावद्ध भएर बाजा बजाए झैँ सबै मिलेर समाजसेवा, देश सेवा गर्नेकुरामा अघि बढ्न जरुरी रहेको बताउनुभयो ।

डंगोलले सबैले आफ्नो ठाउँबाट एकजुट भइ देश निर्माणका लागि लाग्नुपर्ने बताउनुभएको छ । कलाकृति, संस्कृति बाँचेमात्र देशको पहिचान जीवित रहने भन्दै उहाँले देशको पहिचान जीवित बनाउने कुरामा लाग्न आग्रह गर्नुभयो ।

उपमेयर डंगोलले काठमाडौं महानगरपालिकालाई सांस्कृतिक नगरी बनाउने सपनाअनुसार महानगरभित्र रहेका कला, संस्कृतिको प्रवद्र्धन गर्नुपर्ने बताउनुभयो ।