काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकको शून्य समयमा सांसदहरुले समसामयिक विषय र आफ्नो निर्वाचन क्षेत्र विशेषको विकास निर्माणका काममा भएको ढिलासुस्तीबारे सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद असिम शाहले प्रयोग बिहीन अवस्थामा रहेका बिजुली बसहरुको प्रयोग गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सरकारले ५७ करोड रुपैयाँ खर्च गरेर ल्याएको ३७ वटा बिजुली बसहरु मध्ये ३४ वटा बस अझै सञ्चालनमा आउन नसकेको उल्लेख गर्दै सांसद शाहले बसका लागि आवश्यक पार्किङ र चार्जिङ स्टेशनहरु नभएको तर्फपनि सरकारको ध्यानाकर्षण गराउनुभयो ।
त्यस्तै, नेकपा एमालेका सांसद एकनाथ ढकालले देशभरका सडकहरुमा खाल्डाखुल्डी रहेको भन्दै खाल्डाखुल्डी पुर्न सरकारको ध्यानाकर्षण गराउनु भयो ।





प्रतिक्रिया दिनुहोस्