५ श्रावण २०८२, सोमबार | Tue Jul 22 2025


राष्ट्रिय योजना आयोगले पायो पूर्णता


1.118k
Shares

काठमाडौं । राष्ट्रिय योजना आयोगले पूर्णता पाएको छ ।

आईतवार राष्ट्रिय योजना आयोगका नवनियुक्त महिला सदस्य डा.अनिता शाह ढुंगानाले पद तथा गोपनियताको शपथ लिएसँगै लामो समयपछि आयोगले पूर्णता पाएको हो । नवनियुक्त सदस्य ढुंगानाले आईतवार आयोगका उपाध्यक्ष डा.मिनहादुर श्रेष्ठ समक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको हो ।

सदस्यको रुपमा ढुंगानालाई जेठ १४ गते बसेको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा नियुक्त गरेको हो । आयोगका प्रवक्ता तथा सदस्य डा.रामकुमार फुयालले सदस्य ढुंगानाले सपथ लिएसँगै कार्यभार समेत समाल्नु भएको जानकारी दिनुभयो । राष्ट्रिय योजना आयोग गठन आदेशमा उपाध्यक्ष सहित ७ जना पदाधिकारी रहने व्यवस्था छ । ६ जना सदस्यमा एक जना महिला सदस्य हुनु पर्ने अनिवार्य व्यवस्था छ ।

आयोगको सदस्यमा ५ जनालाई गत माघ ४ गतेको मन्त्रीपरिषद्ले निर्णय गरेर नियुक्त गरेको थियो । नवनियुक्त सदस्य ढुंगानाले महिला,बालबालिका तथा ज्येष्ठ नागरिक, सञ्चार तथा सूचना प्रविधि, कानून, न्याय तथा संसदीय मामिला साथै कर्णाली प्रदेश हेर्ने जिम्मेवारी पाउनुभएको छ । २०७९ जेठ ९ गते आयोगको उपाध्यक्षको रुपमा डा.श्रेष्ठले पदबहाली गर्नुभएको थियो । आयोगको सदस्यहरु डा. रामकुमार फुयाँल, डा.जयकान्त राउत,डा.प्रभु बुढाथोकी, डा.आरपी बिच्छा र डा.रमेश पौडेल नियुक्त भइसकेका थिए ।