 
	    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक शुक्रबार बस्दैछ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार बिहान साढे ११ बजे बस्नेगरि सचिवालय बैठक बोलाउनुभएको हो ।
बैठकमा पार्टीको एक वर्षे अभियान, समसामयिक राजनीति लगायतबारे छलफल हुने बताइएको छ । एमालेले आगामी असारदेखि एक वर्षे पार्टी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्दैछ ।
मंसिरमा भएको संसदिय निर्वाचन र हालै भएको उपनिर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेपछि एमाले अहिले संगठन विस्तार एवं सुदृढिकरण अभियानमा केन्द्रित छ ।
शुक्रबारको बैठकले राष्ट्रपतिबाट हालै प्रमाणित नागरिकता विधेयक, रेशम चौधरीको रिहाई लगायतको निर्णयबारे पार्टीको आधिकारिक धारणा बनाउन सक्ने बताईएको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्