 
	    काठमाडौं । वन्यजन्तु चोरी शिकार गर्न लागेको आशंकामा चितवन राष्ट्रिय निकुञ्जले दुई जनालाई पक्राउ गरेको छ ।
कालिका नगरपालिका–११ का २९ वर्षीय राज चेपाङ र ३५ वर्षीय सुन्दर प्रजा पक्राउ परेका हुन् ।
वन्यजन्तु चोरी शिकार गर्न लागेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ ।
प्रजाको घरबाट दुई थान भरुवा बन्दुकसमेत बरामद भएको जनाइएको छ ।
हातहतियार खरखजनासम्बन्धी मुद्दाका लागि बरामद हतियार जिल्ला प्रहरी कार्यालय चितवनमा बुझाइएको छ ।
वन्यजन्तुसम्बन्धी कसुरमा निकुञ्ज कार्यालयले अनुसन्धान सुरु गरेको छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्