Logo १८ कार्तिक २०८२, मंगलबार | Tue Nov 4 2025


पर्यटनमन्त्रीद्वारा वैधता

पशुपतिको ३२ रोपनी जग्गा अपचलन

3.5k
Shares

काठमाडौं । पशुपति मन्दिर हिन्दुहरूको आस्थाको धरोहर हो। पशुपतिको दर्शन गरे पुण्य लाभ हुने धार्मिक विश्वास छ। तर त्यही पशुपति मन्दिरमा कहिले सुन, पैसा भएको घ्याम्पो हराउँछ त कहिले पशुपतिको गर्भगृहमा सुनको जलहरी लगाउँदा पित्तल मिसाएको घटनाले चर्चा पाउँछ।

पछिल्लोपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पशुपति विकास कोषको अतिक्रमण गरिएको ३१ रोपनी जग्गालाई वैधता दिने निर्णय गरेका छन्। उक्त जग्गाको बजारमूल्य अर्बौं पर्ने बताइन्छ।

अपचलन भएको कोषका नाममा रहेको कागेश्वरी मनोहरा नगरपालिमा पर्ने साबिक गोठाटारमा रहेको ५३५ रोपनी ३ आना जमिनमध्ये ३१ रोपनी जमिन अतिक्रमण भएको अध्ययनमा देखिँदादेखिँदै जग्गा खोजी नगरी किरातीले हालसाबिक गर्ने निर्णय गरेका हुन्।

अतिक्रमण गरेको जमिन खोजेर फिर्ता ल्याउनुपर्नेमा पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहेका पर्यटनमन्त्री किरातीले त्यसलाई हालसाबिक गर्ने निर्णय गरेपछि आलोचना भएको छ।

त्यसमा कोषका सदस्य सचिव मिलनकुमार थापाको पनि मिलेमतो देखिएको छ। यसअघिका पर्यटनमन्त्री प्रेम आलेले हालसाबिक गर्न नमानेको जमिनलाई अहिलेका पर्यटनमन्त्री किरातीले शंकास्पद ढंगले हालसाबिक गर्ने निर्णय गरेको आरोप लागेको छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।