Logo १२ असार २०८३, शुक्रबार | Fri Jun 26 2026


‘चौधरी रिहाको बाटो खुल्यो’


3.9k
Shares

काठमाडौं । राष्ट्रपति कार्यालयले कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरीको बाँकी सजाय माफीका लागि सरकारलाई बाटो खोलिदिएको छ।

गृह मन्त्रालयले चौधरीको सजाय माफीका लागि राष्ट्रपति कार्यालयसँग राय माग गरेको थियो। संविधान, कानून, प्रचलित व्यवस्था र सर्वोच्च अदालतले विगतमा प्रतिपादन गरेको सिद्धान्त अनुसार निर्णय लिन आग्रह गर्दै राष्ट्रपति कार्यालयले शुक्रबार गृहमन्त्रालयलाई आफ्नो रायसहित पत्र पठाएको हो।

राष्ट्रपति कार्यालयका तर्फबाट गृह मन्त्रालयलाई ‘प्रचलित कानून, यस सम्बन्धनमा अदालतबाट भएका फैसला र सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्त विपरित नहुनेगरी कानून बमोजिम गर्न राय दिइएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।

राष्ट्रपति कार्यालय कार्यालय उक्त रायसहित टिकापुर घटनामा थुनामा रहेका चौधरीका बाँकी कैद सजाय आममाफीका लागि सरकारलाई बाटो खुलेको स्रोतको दाबी छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।