Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


जेल बसेका कैदीको हातमा सवारी चालक अनुमतिपत्र


7.3k
Shares

सप्तरी । पैसा र पहुँच भए जे पनि हुन सक्छ भन्ने तीतो यर्थाथलाई सार्थक बनाउँदै यहाँ एक कैदीले जेल जीवन विताई रहकै अवधिमा सवारी चालक अनुमती पत्र (लाईसेन्स) प्राप्त गरेको अनौठो घट्ना उजागर भएको छ ।

स्वास्थ्य अवस्था ठिक र स्थल मै पुगेर लिखित, मौखिक परिक्षा र ट्रायल परिक्षण लगायतका प्रक्रियामा सफल भए मात्रै सवारी चालक अनुमती प्रमाण पत्र पाउने यातायात व्यवस्था ऐनमा उल्लेख छ ।

तर, यहाँ स्थित राजविराज कारागारमा जेल जीवन विताई रहेका सप्तरीको साविक कल्याणपुृर गाविस हाल खडक नगरपालिका ७ वस्ने मो.मन्जुर मियाँको २२ वर्षीय छोरा मो.सैयद मियाँले त्यस्तो कुनै प्रक्रिया नै पुरा नगरी सवारी चालक अनुमतीपत्र प्राप्त गरेका छन् ।

अपहरण तथा शरिर बन्धक मुदामा ५ बैशाख २०७४ देखी राजविराज कारागारमा रहेका मियाँले ३० असार २०७४ मा सुनसरीको इटहरी स्थित यातायात व्यवस्था कार्यालयबाट बस, ट्रक, लहरी (हैवी सवारी साधन) को सवारी चालक अनुमती पत्र प्राप्त गरेको पाइएको घटना सार्वजनिक भएको छ ।

यो सामाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।