२८ श्रावण २०८२, बुधबार | Wed Aug 13 2025


सहिद स्मारक ‘ए’ डिभिजन लिग : खुमलटार र पुलिस विजयी


338
Shares

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा पुछारको एफसी खुमलटारले जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार खुमलटारले सातदोबाटो युथ क्लबलाई १–० गोल अन्तरले हराएको हो ।

खुमलटारको जितमा मेसुके ओलुमोउले ३७ औं मिनेटमा गरेको एक गोल नै निर्णायक बन्न पुगेको हो । खुमलटारले छैटौं जित सहित २० खेलमा २१ अंक जोडेको छ । सातदोबाटो २० खेलमा २९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

यस्तै, आजै भएको अर्को खेलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबलाई १–० गोल अन्तरले नै हराएको छ । पुलिसको जितमा अहमद हिजाजीले खेलको २८ औं मिनेटमा गरेको गोल निर्णायक बन्न पुगेको हो ।

पुलिसको यो सातौं जित हो । पुलिस २० खेलमा २५ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । थ्री स्टार २० खेलमा २६ अंक जोडेर छैटौं स्थानमा रहेको छ ।