Logo २ असार २०८३, मंगलबार | Tue Jun 16 2026


नीति तथा कार्यक्रम टालटुले पाराले आएको सत्तापक्षकै सांसदको भनाई


104
Shares

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका सांसद राजकिशोर यादवले सरकारले ल्याएको आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रमलाई कन्फ्युजनहरुको संगालोको संज्ञा दिनु भएको छ ।

सोमबार प्रतिनिधिसभा बैठकमा सो नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उहाँले समस्याहरुको पहिचान गरी समाधानका उपायहरुसहितको नीति तथा कार्यक्रम आउनुपर्नेमा टालटुले पाराले आएको बताउनु भयो ।

उहाँले विश्व अर्थव्यवस्थामा आएको बदलावलाई आत्मसात गरेर सरकार अघि नबढने हो भने त्यसले मुलुकको कुनै पनि समस्या समाधान गर्न नसक्ने बताउनु भयो ।सांसद यादवले ठूला दलहरु अव पनि नसच्चिए समाप्त भएर जाने चेतावनी समेत दिनु भयो ।सांसद यादवले मुलुक कमजोर हुँदै जानुमा काँग्रेस, एमाले र माओवादी केन्द्र जिम्मेवार रहेको आरोप लगाउनु भयो ।